मिस मगर नेपालका अन्तिम प्रतिस्पर्धीहरु निट डेन्टल केयरमा
पाेखरा | भदौ ११, २०८१
पोखरा: मिस मगर नेपाल २०२४ का अन्तिम प्रतिस्पधीहरुले निट डेन्टल केयरमा आफ्नो स्वस्थ दाँतको निम्ति दाँत र गिजाको जाँच तथा उपचार गरेका छन् ।
मिस मगर नेपाल कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले दन्त समस्याहरूको प्रारम्भिक पहिचान, व्यक्तिगत दन्त सल्लाह, आवश्यक उपचार र जीवनभर स्वस्थ रहनका लागि आवश्यक राम्रा बानीहरूको प्रोत्साहन गर्न कार्यक्रम समावेश गरेको बताईन् ।
प्रतिस्पर्धीहरुलाई डा. नितिका रन्जित र डा. जेनि आचार्यले दन्त जाँच तथा उपचार गरेकी थिईन् साथै निट डेन्टल केयर प्रा.लिका प्रबन्ध निर्देशक विरेन रानाले स्वस्थ रहने उपाय र सल्लाह सहित ग्रान्ड फिनालेको लागि अग्रिम शुभकामना व्यक्त गरे ।
हरेक वर्ष आयोजना हुँदै आएको यस वर्षको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गरेको छ ।
एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदै आएको सातौ संस्करणको मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुनेछ ।
सातौ संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरु मध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका हुन् ।
अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिईन् ।
प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरुसँगै व्यक्तित्व तथा नेतृत्व विकास लगायतको तालिम तथा प्रशिक्षण भइरहेको छ । कार्यक्रमको मिडिया पाटर्नरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

